सुचना, समाचार र मनोरन्जन

ग्लोकल टिन हिरो नेपाल २०२५ बाट कृष यादव सम्मानित

 

काठमाडौं : धनुषाका १७ वर्षीय अभियन्ता तथा सामग्री निर्माता कृष यादवलाई ‘गोल्छा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपाल २०२५ को उपाधि प्रदान गरिएको छ।

 

धनुषाको कचूरीका यादवलाई सोमबार ग्लोकल प्रा.लिद्वारा ललितपुरको द प्लाजामा आयोजित एक समारोहमा यो सम्मान प्रदान गरिएको हो।

 

विगत एक दशकदेखि, ग्लोकल टिन हिरो पहलले शैक्षिक क्षेत्रभन्दा बाहिर उत्कृष्ट प्रदर्शन गर्ने किशोरकिशोरीहरूलाई मान्यता दिँदै उनीहरूको असाधारण प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्दै आएको छ।

 

प्रतियोगितामा  कृषलाई शीर्ष ६ जना अन्तिम प्रतिस्पर्धीहरू मध्येबाट छनोट गरिएको थियो। तीमध्ये मानुषी न्यौपाने, निश्चल ढुङ्गाना, अक्सफोर्ड आचार्य, रेनुका सिंह, सफल पौडेल रहेका थिए।

 

गोल्छा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपालको अन्तिम चरणका लागि उनीहरूको उपलब्धि, पहल, योगदान र कार्यको प्रभावका आधारमा छोटो सूचीमा राखिएको थियो।

 

अन्तिम प्रतिस्पर्धीहरूले विभिन्न विषयमा आत्मक्षमता कार्यशालाहरूको शृङ्खलामा पनि भाग लिए र उद्योगका नेताहरू तथा कर्पोरेट व्यक्तित्वहरूसँग आफ्नो ज्ञान बढाउने अवसर प्राप्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.