सुचना, समाचार र मनोरन्जन

चलचित्र ‘जूबा’को घोषणा, सौगात मुख्य भूमिकामा

काठमाडौं :

चलचित्र ‘जुबा’ निर्माणको घोषणा गरिएको छ। अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल छन्।काश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन्। क्रिएटिभ प्रोडुसरमा निर्देशक कर्ण र राइटर वर्षा दुवै छन्।

चलचित्रमा नायिकाको रुपमा सोफी धरेलले डेब्यु गर्ने भएकी छन् । सौगात र सोफीसँगै मुख्य भूमिकामा रहेका अर्का कलाकार सुधन पोखरेल छन् । उनको यो तेस्रो चलचित्र हो । यसअघि दुईवटा सिनेमामा काम गरिसकेका छन्। तर, रिलिज हुन भने बाँकी छ । मुख्य भूमिकामा भने उनको यो पहिलो चलचित्र हो।

रक क्यास्टर स्टुडियोको निर्माण रहने चलचित्र घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ। एउटा पोस्टरमा सौगात मल्ल मात्रै छन्। उनी क्यामेरा अगाडि रहेर क्यामेरालाई नमस्ते गरिरहेका छन् । उनको लुक्स, गेटअप र ढोगाइले उनी अभिनेता रहेको संकेत गर्छ।

अर्को पोस्टरमा उनी पि.सि.ओ.मा उभिएर फोनमा कुरा गरिरहेका छन् । ल्यान्डलाइन फोन र उनको र सोफीको गेटअपले यो चलचित्रले दुई दशक अगाडिको कथा भन्न लागेको संकेत गरेको छ। यसमा सोफी केही रिसाइरहेकी छिन् भने गम्भीर मुद्रामा सौगात फोनमा कुरा गरिरहेका छन्। अर्को पोस्टरमा सुधन, जो खलपात्रमा छन्।

चुरोट तानिरहेका उनको लुक्सले उनी खतरनाक भिलेनको भूमिकामा रहेको प्रष्ट पारेको छ । चलचिको कथा, अन्य कलाकार तथा अन्य पक्षबारे भने निर्माण टिमले केही पनि खुलाएको छैन।

Leave A Reply

Your email address will not be published.