सुचना, समाचार र मनोरन्जन

‘माग्ने राजा’ १२ दिनमै ४ करोड ९ लाख ग्रस, सुपरहिटको नजिक

काठमाडौं :

भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘माग्ने राजा’ ले बक्स अफिसमा उल्लेखनीय कमाई गर्दै सुपरहिटतर्फको यात्रा तय गरेको छ। चलचित्र विकास बोर्डका अनुसार फिल्मले प्रदर्शनको १२ औं दिनसम्ममा ४ करोड ९ लाख रुपैयाँ ग्रस कारोबार गरिसकेको छ।

ऋषि लामिछानेको निर्देशनमा बनेको यो फिल्म निर्देशकको आठ वर्षपछि पर्दामा आएको कमब्याक प्रोजेक्ट हो। लामिछानेको निर्देशनमा दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् भने हलहरूमा उल्लेख्य दर्शक उपस्थिति देखिएको छ।

फिल्म वितरकका अनुसार आगामी केही दिनमै ‘माग्ने राजा’ ले ५ करोड रुपैयाँभन्दा माथिको ग्रस कलेक्सन गर्ने प्रक्षेपण गरिएको छ। नेपाली बक्स अफिसको मापदण्डअनुसार, पाँच करोडभन्दा बढी कमाई गर्ने फिल्मलाई सुपरहिट को दर्जा दिइन्छ।

यस वर्षको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्मका रूपमा अघि बढिरहेको ‘माग्ने राजा’ मा केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मको निर्माण मुनाल घिमिरेले गरेका हुन्।

Leave A Reply

Your email address will not be published.