काठमाडौं :
आगामी शुक्रबार, भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’ को नयाँ गीत ‘छुटिसकेको रिमै’ सार्वजनिक भएको छ। थानेश्वर गौतम र शारदा रसाइलीको स्वरमा सजिएको यस गीतमा कवि श्रवण मुकारुङ का शब्द र थानेश्वरकै संगीत रहेको छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङ बीचको भावुक प्रेम प्रसंग प्रस्तुत गरिएको छ। गीतमार्फत फिल्मको रोमान्टिक र संवेदनात्मक पाटो दर्शकसामु उजागर गरिएको देखिन्छ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेन्मेन्ट को सहकार्यमा निर्माण भएको ‘रिमै’ मा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरबल घले, डीबी गुरुङ, टेक गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको छ। साथै, बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर को पनि अभिनय रहेको छ।
उपेन्द्र सुब्बाको पटकथा र खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्ममा शैलेन्द्र ध्वज कार्की को छायांकन, मित्र डी. गुरुङ को सम्पादन र दीपक शर्मा तथा थानेश्वर गौतम को संगीत रहेको छ। फिल्मका कार्यकारी निर्माता वीरबल घले हुन्।
‘रिमै’ गाउँले परिवेशमा आधारित कथावस्तुमा बनेको बताइएको छ, जसमा समुदाय, संस्कृति र प्रेमका विभिन्न पाटोलाई समेटिएको छ।