सुचना, समाचार र मनोरन्जन

‘जारी २’ को शीर्ष गीत ‘अम्लारी फूल’ सार्वजनिक, सांस्कृतिक धरोहर झल्किने प्रयास

काठमाडौं :

फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ को शीर्ष गीत ‘अम्लारी फूल’ सार्वजनिक गरिएको छ। युट्युबमार्फत रिलिज गरिएको गीतमा लिम्बू समुदायको सांस्कृतिक पहिचान र भावनात्मक कथावस्तु झल्किएको छ।

गीतमा सुष्मा सिग्देल का मार्मिक शब्दमा अभिज्ञा घिमिरे र विकास लिम्बु को स्वर रहेको छ भने सुशान्त गौतम ले संगीत संयोजन गरेका छन्।
गीतमा प्रयोग गरिएका पालम, हाकपारे र ख्याली शैलीहरूमा प्रमुख पात्र दयाहाङ राई र याशेली योङहाङ को सांस्कृतिक क्रेडिट उल्लेख गरिएको छ।

सार्वजनिक भिडियोमा पहाडी भेगको जीवनशैली, प्रेम र परम्परा प्रभावशाली रूपमा प्रस्तुत गरिएको छ, जसले फिल्मको मूल कथा र सांस्कृतिक सन्देशलाई अझ बलियो बनाएको छ।

यसअघि हिट बनेको फिल्म ‘जारी’ को दोस्रो श्रृंखला मानिएको ‘जारी २’ को यो गीतले फिल्मप्रति दर्शकको उत्सुकता अझ बढाएको छ। उपेन्द्र सुब्बा निर्देशित यस फिल्ममा दयाहाङ राई र मिरुना मगर शीर्ष भूमिकामा छन्। फिल्मको निर्माण रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ ले गरेका हुन्। चलचित्र संविधान दिवसको अवसर पारेर असोज ३ गते (सेप्टेम्बर १९) बाट देशभर प्रदर्शनमा आउने तयारीमा छ।

Leave A Reply

Your email address will not be published.