काठमाडौं :
अनुज लामाको स्वरमा रहेको गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रचना, निरोज लामाको एरेञ्ज र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

किरण चापागाईंको निर्देशन रहेको गीतको भिडियोमा पुनम लक्ष्मी मगर र पुकार चापागाईंलाई फिचरिङ गरिएको छ। पंकज महराको छायांकन रहेको गीतको भिडियोमा धिरज अधिकारीको दृश्य सम्पादन एवम् कलर रहेको छ।प्रेमिल गीतमा आफूले माया गरेको मान्छेलाई सधै समिपमा रहन टाढा नजान आग्रह गरिएको छ।
गीतको भिडियो गीतकार अरुणा रुम्बाको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो। अरुणा रुम्बा प्रवासमा बसेर गीत, सङ्गीतमा सक्रिय हुनुहुन्छ। उहाँका दर्जन भन्दा वढि गीत श्रोता/दर्शकमाझ आएका छन्।