सुचना, समाचार र मनोरन्जन

केशवको शब्दमा राई इज किङ र सुनिताको स्वरमा मेयर हर्क साम्पाङ प्रती समर्पित गीत सार्वजनिक

काठमाडौं :

गीतकार तथा व्रिटिश गोर्खा आर्मी केशव राईको शब्दमा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ प्रती समर्पित गीत ‘हर्क साम्पाङ आए अब देशको विकास हुन्छ’ बोलको गीत सार्वजनिक भएको छ। यस गीतलाई वरिष्ठ, लोकप्रिय गायक राई इज किङ राजेश पायल राई र पछिल्लो समयकी चर्चित गायिका सुनिता थेगिमले गाएका छन्।

पवन बान्तावा राईले संगीत भरेको गीत विशाल चौतारी टिभि युट्युव च्यानलबाट सार्वजनिक भएको हो।मेयर हर्क साम्पाङ प्रती समर्पित गीतमा राजु कार्कीको एरेञ्ज रहेको छ । यस गीतको भिडियोलाई बिशाल राईले बनाएका हुन्। यस गीतमा ध्रुव राई काइला प्रस्तुती तथा प्रोड्युसर रहेका छन्। गीत सार्वजनिक भएपछि दर्शक, श्रोताहरुबाट राम्रो प्रतिकृया आइरहेको गीतकार केशवले बताए । केशवको यस भन्दा अगाडी गाउँबेसी र आसुको भेल बालेको गीत सार्वजनिक भैसकेको छ।

गीत सार्वजनिक भएको दिनदेखी नै नेपालमा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण फेसबुक र युट्युव नचलेपछि भने गीतलाई पनि असर गरेको छ। सामाजिक सञ्जाल बन्दका कारण गीत, संगीत क्षेत्रपनि प्रतक्ष्य मारमा परेको छ। फेसबुकमा प्रचार प्रसारसंगै युट्युवकै कमाई नै गीत, संगीत निर्माताहरुका लागी मुख्य आए श्रोत रहेको थियो।

Leave A Reply

Your email address will not be published.