सुचना, समाचार र मनोरन्जन

नेपाली भएकोमा लाज महसुस भएको राजेश हमालको टिप्पणी

काठमाडौं :

अभिनेता राजेश हमालले वर्तमान राजनीतिक अवस्थाप्रति आक्रोश व्यक्त गर्दै नेपाली भएकोमा लाज महसुस भइरहेको बताएका छन्।

फेसबुकमार्फत उनले लेखेका छन्, “हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौं, उनीहरूको वर्तमान समेत खोसिरहेका छौं। म विदेश यात्रा गर्दैछु। नेपाली भएकोमा यति लाज महसुस मैले कहिल्यै गरेको थिइनँ।”

राजनीतिक र सामाजिक विषयमा कम बोल्ने हमालको यो अभिव्यक्ति जेनजी आन्दोलनले लिएको हिंसात्मक रूपपछि आएको हो।

Leave A Reply

Your email address will not be published.