काभ्रेपलाञ्चोक : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कर्फ्यूृको समयलाई आज पनि निरन्तरता दिएको छ । समय थप गरी जारी कर्फ्यू आदेशमा आज बिहान १० देखि साँझ ५ बजेसम्म र पुनः साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालद्वारा हस्ताक्षरित कर्फ्यू आदेशमा स्थानीय प्रशासन ऐनबमोजिम जिल्ला सुरक्षा समितिको आज बिहानको निर्णयानुसार जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ । आदेशमा जिल्लाभर पाँच जनाभन्दा बढी मानिस जम्मा हुन, आवतजावत गर्न, कुनै पनि प्रकारको भेला–जुलुस प्रदर्शन, सभा र घेराउ गर्न नपाउने उल्लेख गरिएको छ ।
यस्तै, अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, शववाहन, औषधि, दूध र तरकारी बोक्ने सवारीसाधन, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पर्यटक र अन्तरराष्ट्रिय हवाई टिकट भएका यात्रुहरुको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने ढकालले बताए ।