सुचना, समाचार र मनोरन्जन

जेनागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार : मुख्यसचिव अर्याल

मुख्यसचिव एकनारायण अर्यालले जेन–जीको मागअनुसार अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन । आन्दोलनका क्रममा सिंहदरबारमा क्षतिग्रस्त भौतिक पूर्वाधारको निरीक्षणपछि पत्रकारसँगको कुराकानीमा उनले जेन–जी आन्दोलनको म्यान्डेड र मागअनुसार गठन हुने सरकारसँग काम गर्न आफू र मातहतको सिङ्गो प्रशासन तयार रहेको बताए ।

मुख्यसचिव अर्यालले अत्यावश्यक सेवाहरू सञ्चालन भइरहेको र सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको समेत जानकारी दिए । मुख्यसचिव अर्यालले हिजो र अस्ति सम्बन्धित मन्त्रालयका सचिवहरुसँग भर्चुअल माध्यमबाट छलफल गरी आवश्यक निर्देशन पनि भइसकेको जानकारी दिए ।

उनले भने, ‘अत्यावश्यक सेवाहरु खानेपानी, विद्युत तथा टेलिफोनलगायत सञ्चालनमा रहेका छन् ।’ उनले राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत शुरु भइसकेको बताए ।

सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षा अवस्था सामान्यतर्फ उन्मुख रहेको पनि मुख्यसचिव अर्यालको भनाइ छ । उनले पछिल्लो आन्दोलनबाट प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको भन्दै पूर्वाधार र अन्य क्षेत्रको क्षतिबारे प्राविधिक मूल्याङ्कन गरिने बताए ।

Leave A Reply

Your email address will not be published.