सुचना, समाचार र मनोरन्जन

सहारा कपको उपाधि सेन्ट जोर्ज क्लबले जित्यो

सहारा क्लब अस्ट्रेलियाद्वारा आयोजित सहारा कप फुटबल प्रतियोगिताको उपाधि सेन्ट जोर्ज क्लबले जितेको छ । लिग कम नक आउटका आधारमा खेलाइएको प्रतियोगिताको फाइनलमा दी राइजिङ गोर्खाज (टीआरजी) क्लबलाई १–० को अन्तरले हराउँदै सेन्ट जोर्जले रनिङ शिल्ड हात पारेको हो ।

दोस्रो हाफको सुरुआतसँगै केही आक्रामक बनेको सेन्ट जोर्जको शुसान्त कुवँरले निर्णायक गोल गर्दै उपाधि क्लबको नाममा लेखाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलको आठौँ मिनेटमा दी राइजिङ गोर्खाजका स्ट्राइकरले गोल मिस गरेपछि टीआरजीले अग्रता गुमाएको थियो । पहिलो हाफ अगाडि दुवै टिमले गोल गर्ने अवसर गुमाएका थिए ।

खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता शुसान्त घोषित भए भने टीआरजीका प्रवेश रन्जित म्यान अफ दी सिरिज चुनिए ।

Pach Pandav

अस्ट्रेलियाका अध्यक्ष विजय राउत, पूर्वअध्यक्ष विजेन बटाजु, सहारा अस्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेल, एनआरएन अस्ट्रेलियाका सचिव कल्याण खड्का, शैक्षिक व्यवसायी राम श्रेष्ठ, तमु समाज अस्ट्रेलियाका अध्यक्ष हेउपती गुरुङ, सहाराका ईश्वर पहारी, एनआरएनका पूर्वअध्यक्ष नन्द गुरुङ लगायतले खेलाडीहरूलाई ट्रफी नगद तथा प्रमाणपत्र वितरण गरेका थिए । विजेता टोलीले रनिङ शिल्डसहित तीन हजार अस्ट्रेलियन डलर र उपविजेताले एक हजार डलर नगद प्रदान गरिएको थियो ।

फाइनल खेल भन्दा अगाडी दिन सहारा क्लव अष्ट्रेलियाका संस्थापक अध्यक्ष स्व. राजमान थकालीको सम्झनामा मैत्रीपूर्ण खेल खेलाईएको थियो । जसमा आयोजक सहारा क्लवले जितेको सहारा क्लवका अध्यक्ष सिद्धार्थ पौडेलले जानकारी दिएका छन ।

य खेलमा सहारा अस्ट्रेलियाले नेप्लिज ठन्डर्सलाई ३–२ ले पराजित गरेको थियो । सिड्नी फुटबलका पहिलो पुस्ता सम्मिलित मैत्रीपूर्ण खेलमा एन्फा अस्ट्रेलियाका पदाधिकारी मैदानमा उत्रिएका थिए । सहाराको कप्तानी एनआरएन अस्ट्रेलियाका सचिव कल्याण खड्काले गरेका थिए ।

सहाराको तर्फबाट सुमितकाजी श्रेष्ठले एक गोल र प्रनिशले दुई गोल गरेका थिए । थन्डर्सकोतर्फबाट दिनेश अमात्य र विनम हाडाले एक–एक गोल गरे ।

Leave A Reply

Your email address will not be published.