सुचना, समाचार र मनोरन्जन

जलेको सिंहदरबार बनाउन अर्घाखाँचीका किसानबाट एक लाख रुपैयाँ सहयोग

अर्घाखाँची,

अर्घाखाँचीका तुलसीराम अधिकारीले आगजनीबाट क्षतिग्रस्त सिंहदरबार बनाउन एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन।

शितगङ्गा नगरपालिका–२ का किसान अधिकारीले ‘म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश’ भन्ने भावनासहित सहयोग कोषमा १ लाख १ सय रुपैयाँ जम्मा गर्नुभएको हो । आफूले व्यावसायिक खेतीबाट कमाएको आम्दानी कोषमा जम्मा गरेको उनले बताए ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसैगरी प्राप्त सहयोगबाट अबको पुनर्निर्माणमा टेवा पुग्ने बताए । रकम जम्मापछि किसान अधिकारीले भौचर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका हुन ।

भदौ २४ गतेको जेन–जी प्रदर्शनका क्रममा मुख्य प्रशासनिक निकाय सिंहदरबारसहित अन्य धेरै महत्त्वपूर्ण निकायको भवन तथा संरचना आगजनीबाट क्षति भएको छ ।

Leave A Reply

Your email address will not be published.