काठमाडौं :
अभिनेत्री केकी अधिकारीले भ्रष्टाचार अन्त्यका लागि प्रत्येक नेपालीले आफैंसँगै सपथ लिनुपर्ने बताएका छिन् ।
सामाजिक सञ्जालमार्फत अधिकारीले सहिदहरुले बोकेका सपना पूरा गर्न सबैले घुस नलिने र नदिने संकल्प गर्न आग्रह गरेकी हुन् । उनले लेखेकी छिन्, “आज एउटा सपथ लिऔं— घुस लिने र दिने गर्ने छैनौं, भ्रष्टाचार र भ्रष्टाचारीलाई ठाउँ दिने छैनौं । यो त्याग र बलिदान खेर जान दिने छैनौं ।”
अधिकारीका अनुसार जेनजी आन्दोलनमा सहिद भएका युवाको लक्ष्य पनि देशलाई भ्रष्टाचारमुक्त बनाउनु नै थियो । उनले सोही उद्देश्य पूरा गर्न सबै नागरिक प्रतिबद्ध हुनुपर्ने आवश्यकता औंल्याइन् ।
यसअघि उनले नेपाललाई ‘सतीले सरापेको देश नभएर देवीले अंगालेको देश’का रुपमा व्याख्या गरेकी थिइन् ।