भदौ २३ र २४ गतेको ध्वंसात्मक घटनापछि खुलेको सेयर बजारमा तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेसँगै बिहीबारका लागि कारोबार स्थगित भएको छ ।
कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घट्यो । त्यसपछि २० मिनेट स्थगित भइ खुलेको कारोबारमा थप १ प्रतिशत अर्थात् कुल ५ प्रतिशत घटेपछि ११ः २३ बजे नै दोस्रो सर्किट ब्रेक लाग्यो ।
दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२ः ०४ बजे खुलेको बजार फेरि थप १ प्रतिशत अर्थात् कुल ६ प्रतिशत घटेपछि तेस्रो सर्किट ब्रेकसँगै आजका लागि कारोबार स्थगित भयो ।
६ प्रतिशत घट्दा नेप्से परिसूचक १६० अंक घटेर २५११ मा कायम भएको छ । कुल करिब ४ मिनेट मात्रै कारोबार भयो । ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भयो ।