सुचना, समाचार र मनोरन्जन

ओटीटीमा रिलिग भयो यस वर्षको हिट फिल्म ‘ऊनको स्वीटर’

काठमाडौं :

गत वैशाख २६ गते प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ। निर्माण पक्षले दसैंको छेको पारेर फिल्म ओटीटीमा रिलिज गरेको हो।

यो फिल्मले घरेलु बक्स अफिसमा १२ करोडभन्दा बढी ग्रस कलेक्सन गर्न सफल भएको थियो। अब हलमा हेर्न नपाएका दर्शकहरुका लागि विश्वभरबाट घरमै बसेर मोबाइल, टेलिभिजन वा कम्प्युटरमा हेर्न सक्नेछन्।

आर्टमान्डूले निर्माण गरेको यस फिल्मले नेपाली समाजको यथार्थपरक कथा,लाई भन्ने कोशिस गरेको छ। कलाकारको सशक्त अभिनय र कर्णप्रिय सङ्गीतका कारण दर्शकहरूलाई आकर्षित गरेको यस फिल्ममा निर्देशन र लेखन नवीन चौहानको छ। उनको यो डेब्यु फिल्म हो।

फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्ममा गीत सुजन चापागाईँ र सङ्गीत कोविद बज्रले निर्देशन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.