सुचना, समाचार र मनोरन्जन

‘परिवर्तन’को पोस्टर सार्वजनिक, सुशील श्रेष्ठ एक्सन अवतारमा

काठमाडौं :

दिब्यासी फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘परिवर्तन’ ले सोमबार पहिलो पोस्टर सार्वजनिक गरेको छ। सो अवसरमा निर्माण टिमले फिल्मको प्रदर्शन मिति आगामी माघ ९ (जनवरी २३) तय गरिएको घोषणा समेत गरेको छ।

सार्वजनिक पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। हातमा बोकेको तरबारमा आगोको राप देखिएको दृश्यले लडाइँ, प्रतिशोध र संघर्षको संकेत दिएको छ। पोस्टरमा उनी केही नेताजस्ता पात्रहरूसँग सामना गरिरहेको देखिन्छ, जसले देश, राजनीति वा सीमा विषयक कथावस्तु रहेको अनुमानलाई बल दिएको छ।

निर्देशक विजय केरुङको निर्देशन र दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको फिल्ममा सुशीलसँगै अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल र गौतम तिवारीको अभिनय रहेको छ।

फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन्। एक्सन निर्देशन श्री श्रेष्ठले गरेका छन् भने ब्याकग्राउण्ड म्युजिक बलिउडका कालाचरणको छ। शिव ढकालको छायांकन, बन्दे प्रसादको सम्पादन र उमेश थापाको सह–सम्पादन रहेको छ। एसोसिएट निर्देशक नवराज शर्मा र कलरिस्ट राजेन्द्र मोक्तान हुन्।

निर्माण पक्षका अनुसार कथा, संवाद र गीत–संगीत नेपाली समाजमा परिवर्तनको चाहनासँग सम्बन्धित छन्। प्रोडक्सन म्यानेजर अरुण रेग्मी रहेका छन्। फिल्मको डिजिटल अधिकार ओएसआरले लिएको छ भने वितरण आरआर फिल्म्सले गर्नेछ।

Leave A Reply

Your email address will not be published.