
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने
- पोखरामा मौलिक देउसीभैलो उत्सव आयोजना हुँदै, उत्कृष्ट टोलीलाई २५ हजार
- लक्ष्मीपूजाको दिन बिजुलीको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान
- पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो: प्रधानमन्त्री शाह
- आज कार्तिक कृष्ण त्रयोदशी, आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती
- धार्मिक यात्राको पुण्य सामाजिक सेवामा जोड्दै योगेश गुरुङ्ग
- निरुता र उत्तमको अभिनय रहेको ‘सारथी’को गीत सार्वजनिक
- फ्राइडे रिलिजमा ‘पाँच पाण्डव’
- ‘सिन्दुरे जात्रा’को फर्स्ट लुकमा रोहिरहेका विजय र अञ्जना
- स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार
भू–उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाइनेः मन्त्री सिन्हा
काठमाडौँ,
भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू–उपयोग नियमावली संशोधनको प्रक्रियाअघि बढाउने निर्णयमा हस्ताक्षर गगरेका छन ।
सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै भूमिव्यवस्थामन्त्री सिन्हाले हालसम्म भूमि सुधारका क्षेत्रमा थुप्रै काम भए तापनि कित्ताकाट रोकिएका कारण विकाससम्बन्धी काम प्रभावित भएकाले सहजीकरणका पक्षमा संशोधन गरिएको स्पष्ट पारे ।

उनले भने, “विशेषगरी कित्ताकाट रोकिएको विषय, विकास आयोजनाका लागि जग्गा प्राप्तिसम्बन्धी विषय र कृषियोग्य जमिनको संरक्षण तथा सदुपयोलगायतका विषयलाई प्राथमिकतामा राखी भू–उपयोगसम्बन्धी ऐन तथा नियमावली संशोधन गर्न आवश्यक छ ।”
मन्त्री सिन्हाले स्थानीय तहलाई दिइएको अधिकार पर्याप्त नभएकाले केन्द्रबाट आवश्यक सहजीकरण गर्नुपर्ने धारणा राख्दै देश र जनतालाई केन्द्रमा राखेर वैज्ञानिक एवं वस्तुनिष्ठ ढङ्गबाट जग्गा व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गरे ।
पदभार ग्रहणका अवसरमा सचिव तथा उच्चअधिकारीहरुले मन्त्री सिन्हालाई स्वागत गर्दै मन्त्रालयको वर्तमान अवस्था, कार्ययोजना र प्राथमिकताबारे जानकारी गराएका थिए ।
Prev Post