काठमाडौं :
जेनजी आन्दोलनपछि केही समय चुपचाप रहेका अभिनेता राजेश हमाल अहिले अस्ट्रेलिया टुरमा व्यस्त छन्। अस्ट्रेलियाका विभिन्न शहरमा टिभी शो ‘यो नेपाली शीर उचाली’ को छायांकनमै उनलाई फुर्सद छैन। तर, स्वदेश फर्कनुअघि नै उनको नामले राजनीतिक बजार तातेको छ।
सोसल मिडियामा अहिले ‘अबका परराष्ट्र मन्त्री राजेश हमाल’ भन्दै पोस्टहरू धमाधम सेयर भइरहेका छन्। कारण हो उनी पूर्वराजदूत चुडाबहादुर हमालका छोरा मात्र होइनन्, अन्तर्राष्ट्रिय सम्बन्धमा चासो राख्ने, अन्तर्वार्तामा विदेश नीति बोली हाल्ने, अनि ‘राजनीतिमा आउँछु’भन्ने कुरा पटक–पटक गर्ने नायक पनि त हुन्।
हल्ला तातिएपछि हमाललृ घुमाउरो तरिकाले मन्त्री बन्ने ईच्छा रहेको दर्शाएका छन्। उनलाई सामाजिक सञ्जालमा लामै समयदेखि मन्त्री बनाइरहेका थिए। पछिल्लो समय जेन्जीको आन्दोलनले थप उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्री बनाइरहेका छन्।
उनी मन्त्री बनेको गसिपको लहर रोकिएको छैन। उनको अस्ट्रेलियाली दौडान असोज १४ सम्म मात्र हो। त्यसपछि काठमाडौं फर्केर के गर्ने हुन् त्यसको अन्दाज लगाउन भने फ्यानहरूले अझै फेसबुक र ट्वीटर खंगाल्नै पर्ने देखिन्छ। उनी मन्त्री नै बने भने पहिलो काम के गर्लान्। चासोको विषय पनि छ है। तर मन्त्री नै बनेर आफ्नो महानायकको साख जोगाउन सक्लान् त। त्यो भने हेर्न बाँकी नै छ, है।