सुचना, समाचार र मनोरन्जन

काँकरभिट्टबाट दुई महिनामा तीन अर्बको इन्धन आयात

 

 

भद्रपुर : चालु आर्थिक वर्षको पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात भएको हो।

 

मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थ १० करोड  ६१ लाख २८ हजार अर्थात ३.६० प्रतिशतले घटेको छ। यद्यपि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व ०.५० प्रतिशत अर्थात् ६४ लाख तीन हजारले बढेको उनले बताए।

 

कार्यालयको तथ्याङ्क अनुसार गत साउन-भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट एक अर्ब ३९ करोड ८६ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। योअवधिमा एक अर्व ४२ करोड ७२ लाख मूल्य बराबरको १६ हजार ३५२ किलोलिटर पेट्रोल आयात भएको थियो। यसैगरी ८४ करोड ४२ लाख मूल्यको नौ हजार चार किलोलिटर डिजेल आयात भएको छ।

 

यसैगरी ४० करोड ४९ लाख मूल्य बराबरको चार हजार दुई ३३ मेट्रिक टन एलपी ग्यास, १३ करोड २८ लाख मूल्य बराबरको एक हजार ४८८ किलोलिटर एटीएफ र दुई  करोड २२ लाख रुपैयाँको २४८ किलोलिटर मट्टितेल आयात भएको छ।

Leave A Reply

Your email address will not be published.