काठमाडौं :
नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा गायिका समिक्षा अधिकारी र गायक अशोक अर्यालको स्वरमा तयार भएको मौलिक गीत ‘आयो दशैं’ सार्वजनिक गरिएको छ। गीतका शब्द अशोक अर्यालले लेखेका हुन् भने संगीत राजु अर्यालले भरेका छन्।
बिनोद बाजुरालीको एरेन्ज र खडक बाजुरालीको मास्टरिङसहित तयार भएको गीत सागर बाजुरालीले मालाश्री स्टुडियोमा रेकर्ड गरेका हुन्। गायिका अधिकारीले गीतले दशैंको माहोललाई सजीव उतार्ने विश्वास व्यक्त गर्दै दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा राखेकी छन्।
गीतको भिडियोमा अशोक अर्याल र प्रतिमा अर्यालको अभिनय छ। प्रतिमा अर्यालकै निर्माणमा तयार भएको भिडियोलाई शिव बी.क.ले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्। पशुपति बस्यालले छायांकन र नविन घर्ती मगरले सम्पादन गरेका छन्।