सुचना, समाचार र मनोरन्जन

परदेशमा रहेका ईश्वर थापाको ‘दशैंको टिका’ सार्वजनिक

काठमाडौं : 

नेपाली चलचित्रका निर्माता तथा अभिनेता ईश्वर थापाले परदेशमा रहेर पनि नेपाली कला–संस्कृतिको संरक्षणमा निरन्तर सक्रियता देखाउँदै बडा दशैंको अवसर पारेर नयाँ गीत ‘दशैंको टिका’ सार्वजनिक गरेका छन्।

सुदीप पाण्डेको शब्द र एडवर्ड थापाको स्वरमा रहेको गीतमा दशैंको भावनात्मक दृश्य समेटिएको छ। भिडियोमा विष्णु ढकाल, लक्ष्मी ढकाल, दुर्गा दाहाल, अर्जुन सापकोटा, सुदीप पाण्डे र ईश्वर थापाको अभिनय रहेको छ।

क्यानाडाको विन्ड्जरमा छायांकन गरिएको भिडियोमा परिवारजनबीचको भेटघाट र पर्वको रमाइलो माहोल प्रस्तुत गरिएको छ। गीतमा संगीत, एरेन्ज र मिक्सिङ ईश्वर थापाले स्वयं गरेका हुन् भने निर्देशन पनि उनकै रहेको छ। छायांकन र सम्पादन हेर्छुका लामाले गरेका हुन्।

Leave A Reply

Your email address will not be published.