सुचना, समाचार र मनोरन्जन

‘वरिष्ठ बलराम’को गीतमा विजय र समृद्धिको ठूम्का

काठमाडौं :

सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको छ। निर्माणपक्षले बिहीबार ‘न्यौली बनैमा’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटीको योगदान छ भने शान्तीश्री परियारले सहगायन गरेकी छन् । प्रेमिल भावमा आधारित गीतमा प्रेमी–प्रेमिकाबीचको विश्वास र शंकाको कथा प्रस्तुत गरिएको छ । भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल र समृद्धि आर्यालको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

कात्तिक ६ गते भाइटीकामा रिलिज हुने फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि आर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतको अभिनय छ ।

सामाजिक कथावस्तुमा आधारित फिल्मको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यस फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् ।

चितवनका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा मनकृष्ण महर्जन (छायांकन), तारानाथ न्यौपाने (मुख्य सहायक निर्देशक), सम्राट बस्नेत (एक्सन निर्देशन), प्रदीप लामा (नृत्य निर्देशन) र प्रशान्त शिवाकोटी (संगीत)को योगदान रहेको छ ।

फिल्मलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

Leave A Reply

Your email address will not be published.