काठमाडौं :
गायक थानेश्वर गौतम र गायिका सदिक्षा कट्टेलको स्वरमा सजिएको दशैं–तिहार विशेष गीत ‘भईयो परदेशी’ सार्वजनिक भएको छ। लक्ष्मण पोखरेलले लेखन र संगीत गरेका गीतलाई रमेश सेन्चुरीले एरेन्ज गरेका हुन् ।
परदेशीको पीडालाई आधार बनाइएको गीतलाई अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले निर्माण गरेको हो। भिडियोमा स्मारिका ढकाल र सन्दिप वस्तीले अभिनय गरेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई मीन रावलले सम्पादन गरेका छन्।
गीतले बैदेशिक रोजगारीमा रहेकाले दशैं–तिहार जस्ता चाडपर्वमा घर–परिवार र गाउँघर सम्झँदै गरेको भाव प्रस्तुत गरेको छ। भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन्।
‘भईयो परदेशी’ म्युजिक भिडियो ‘हाइटेक इन्टरटेन्टमेन्ट’को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियो सार्वजनिक भएको केही घण्टामै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ।