सुचना, समाचार र मनोरन्जन

‘छक्कापञ्जा युएसए कमेडी टूर २०२५’ सुरु, राहत र पुनर्निर्माणमा खर्चिने योजना

काठमाडौं :

कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपाल ‘छक्कापञ्जा युएसए कमेडी टूर २०२५’ लिएर अमेरिकातर्फ प्रस्थान गरेका छन्। उनीहरू हाल टेक्सास पुगेका छन् भने टूरको सुरुवात सेप्टेम्बर १९ मा मेरिल्याण्डको बाल्टिमोरबाट हुनेछ।

आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सको संयुक्त आयोजनामा हुन लागेको टूर अन्तर्गत सेप्टेम्बर २० मा कोलम्बस, २१ मा एक्रोन, २७ मा डालसलगायत १५ अमेरिकी सहरमा कार्यक्रम हुने जनाइएको छ। अन्य सहर र मिति चाँडै सार्वजनिक गरिनेछ।

टूरमा दीपक–दीपासहित जितु नेपाल,आसिफ शाह, मीना पोखरेल र धर्मेन्द्र सेवान सहभागी छन्। सेवान भने क्यानडाबाटै टूरमा सहभागी हुनेछन्। डेढ दशकपछि अमेरिका पुगेका दीपकले संकलित रकमलाई जेनजी आन्दोलनपछि आवश्यक राहत तथा पुनर्निर्माणमा खर्चिने योजना रहेको बताएका छन्। अमेरिकी टूर सकेर टोली नोभेम्बर पहिलो सातासम्म स्वदेश फर्किनेछ। फर्किएपछि दीपक फिल्म निर्माणमा जुट्ने तयारीमा रहेको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.