नुवाकोट :
गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘बयान’ भिडियोसहित सार्वजनिक गरिएको छ। नुवाकोट बिदुरस्थित शिवालय सिनेप्लेक्समा आयोजित विशेष कार्यक्रममा भिडियो रिलिज गरिएको हो। कार्यक्रममा म्युजिक भिडियो निर्माण टिमसँगै नुवाकोटका थुप्रै गन्यमान्य व्यक्तित्वको उपस्थिति रहेको थियो।
गीतमा सन्तोष सरगम अधिकारीको शब्द रचना र सरोज पोखरेलको संगीत रहेको छ। रोशन दास निर्देशित भिडियोमा सन्तोष सरगम अधिकारीकै जीवन यात्रा र सफलताको कथा देखाउन खोजिएको छ।
भिडियोको छायांकन नितेश घतानले गरेका हुन् भने सम्पादन बिनोद बमले गरेका हुन्। भिडियोमा सन्तोष सरगम अधिकारी, प्रियना आचार्य, नारायण बिक र रुपा पुडासैनी फिचर्ड छन्। विशेषगरी सन्तोष र प्रियनाको केमेस्ट्रीलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ।
सन्तोष सरगम अधिकारीकै निर्माणमा बनेको भिडियो सरोज पोखरेलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा नुवाकोटका रमणीय स्थानहरूलाई समेत कैद गरिएको छ।
सन्तोष सरगम अधिकारी, जो शिवालय सिनेप्लेक्सका सञ्चालक र नुवाकोटका सफल व्यवसायी समेत हुन्,ले यो आफ्नो पहिलो म्युजिक भिडियो भएको बताए। उनले गीतलाई पाएको प्रतिक्रिया हेरेर निरन्तर नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय रहने योजना रहेको उल्लेख गरे।