सुचना, समाचार र मनोरन्जन

‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

 

काठमाडौं : कर्तव्यमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

 

सडक सुरक्षा ड्युटीमा खटिएका प्रहरी कर्मचारीसँग दुव्र्यवहार गरेको आरोपमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ निवासी ३६ वर्षीय नेवाङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङलाई काठमाडौं महानगरपालिका–१०, बुद्धनगर क्षेत्रबाट पक्राउ गरिएको हो।

 

तामाङले प्रहरीलाई अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी सक्रिय भएको थियो।

 

सो घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.