सुचना, समाचार र मनोरन्जन

अत्यावश्यक नभै यात्रा नगर्न तथा विद्युतीय साधन प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

सामुन्द्रीक क्षेत्रबाट उत्पन्न वायु प्रणाली नेपाल प्रवेश गरि शुक्रबार साझदेखी निरन्तर वर्षाका कारण जल तथा मौसम बिभागले सचेत रहन आग्रह गरेको छ । विशेषगरि गण्डकी,कोशी,मधेस,बागमती र लुम्बिनी प्रदेशमा असोज २० गतेसम्म सतर्कता अपनाउन भनेको हो ।

भारी वर्षाका कारण बिद्युत प्राधिकरणका संरचनामा क्षेति पुगेमा कर्मचारीहरु तयारी अवस्थामा रहेको जनाएको छ । साथै प्रतिकुल मौसमले ल्याउन सक्ने सम्भावित जोखिमहरुको आंकलन गरि सुरक्षित स्थानमै रहन,अति आवस्यक नभै आवतजावत नगर्न तथा सावधानी पुर्वक विद्युतीय उपकरण प्रयोग गर्न प्राधिकरणले बिज्ञप्तिमार्फत सुचित गरेको छ ।

विद्युत सम्बन्धि कुनै संरचनामा क्षती भएमा प्राधिकरणको हटलाइन नम्बर ११५० वा नो-लाईट नम्बरमा सम्पर्क गरि यथाशिघ्र जानकारी दिनकारी दिन भनिएको छ । नो लाईट नम्बरको लागि https//nea.org.np/nolights लिन्कबाट जानकारी लिन ग्रहाक बर्गमा आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.