
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने
- पोखरामा मौलिक देउसीभैलो उत्सव आयोजना हुँदै, उत्कृष्ट टोलीलाई २५ हजार
- लक्ष्मीपूजाको दिन बिजुलीको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान
- पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो: प्रधानमन्त्री शाह
- आज कार्तिक कृष्ण त्रयोदशी, आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती
- धार्मिक यात्राको पुण्य सामाजिक सेवामा जोड्दै योगेश गुरुङ्ग
- निरुता र उत्तमको अभिनय रहेको ‘सारथी’को गीत सार्वजनिक
- फ्राइडे रिलिजमा ‘पाँच पाण्डव’
- ‘सिन्दुरे जात्रा’को फर्स्ट लुकमा रोहिरहेका विजय र अञ्जना
- स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार
विपन्नका लागि म्याग्देमा घर निर्माण गरिने
तनहुँ,
यहाँको म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा आर्थिक रुपमा विपन्न वर्गलाई १२ वटा नमुना आवास निर्माण गर्ने भएको छ । म्याग्देले कूल ६० नमुना आवास निर्माण गर्ने घोषणा गरेबमोजिम गत आवसम्म ४८ घर निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गरिसकेको छ ।
सोही योजनाबमोजिम चालु आवमा १२ वटा घर निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । हालका जनप्रतिनिधि निर्वाचित भएर आएदेखि पाँच वर्षभित्र विपन्न वर्गलाई ६० वटा घर बनाउने लक्ष्यसहित पालिका अगाडि बढेको उनको भनाइ छ ।
चालु आर्थिक वर्ष २०८२÷८३ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजनाबाट आर्थिक रुपमा विपन्न वर्गलाई नमुना आवास कार्यक्रमअन्तर्गत उक्त आवास निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

म्याग्देका सातवटै वडाबाट छानिएका अतिविपन्न व्यक्तिलाई उक्त घर हस्तान्तरण गरिनेछ । सातवटै वडाबाट छानिएका लाभग्राहीको नामावली सार्वजानिक गरिएको छ । वडा नं १ का एक, वडा नं २ का एक, वडा नं ३ का दुई, वडा ४ का दुई, वडा नं ५ का दुई, वडा नं ६ का दुई र वडा नं ७ का दुई जना रहेका छन् । वडा नं १ र २ का दुई÷दुई जनालाई वैकल्पिक लाभग्राहीको सूचीमा राखिएको छ ।
नमुना आवास निर्माणका लागि छनोट भएका लाभग्राहीले सात दिनभित्रमा घर बन्ने जग्गाको सक्कल लालपुर्जा, जग्गाको नापी नक्सा र नागरिकताको प्रमाणपत्रसहित गाउँपालिकामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको छ ।
गाउँपालिकाले घरविहीन वा जोखिमयुक्त घरमा बस्न बाध्य रहेका परिवारलाई लक्षित गर्दै यो ‘नमुना आवास कार्यक्रम’ सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनका अनुसार सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा विपन्न लाभग्राही छनोट गरिएको हो ।
उहाँले भन्नुभयो, “मैले निर्वाचित भएपछि पाँच वर्षभित्रमा कम्तीमा ६० घर बनाउछौँ भन्ने प्रतिबद्धताअनुसार अहिलेसम्म ४८ घर बनाएर हस्तान्तरण गरिएको र बाँकी १२ वटा घर यसै आवमा हस्तान्तरण गरिनेछ ।”
Prev Post