
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने
- पोखरामा मौलिक देउसीभैलो उत्सव आयोजना हुँदै, उत्कृष्ट टोलीलाई २५ हजार
- लक्ष्मीपूजाको दिन बिजुलीको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान
- पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो: प्रधानमन्त्री शाह
- आज कार्तिक कृष्ण त्रयोदशी, आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती
- धार्मिक यात्राको पुण्य सामाजिक सेवामा जोड्दै योगेश गुरुङ्ग
- निरुता र उत्तमको अभिनय रहेको ‘सारथी’को गीत सार्वजनिक
- फ्राइडे रिलिजमा ‘पाँच पाण्डव’
- ‘सिन्दुरे जात्रा’को फर्स्ट लुकमा रोहिरहेका विजय र अञ्जना
- स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार
यसवर्ष पोखरामा धानको उत्पादन बढ्ने
गण्डकी,
यसवर्ष पोखरा महानगर क्षेत्रमा धानको उत्पादन बढ्ने भएको छ । धानका लागि मौसम अनुकूल रहनुका साथै फाँटमा धानबाली सप्रिएकाले उत्पादन बढ्ने अनुमान गरिएको हो ।
पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसवर्ष गत वर्षको तुलनामा धानको उत्पादन बढ्ने अनुमान गरिएको बताए । उनका अनुसार पोखरा महानगर क्षेत्रमा वार्षिक ३८ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ।

स्थानीय जातको धान प्रवर्द्धन गर्ने उद्देश्यका साथ महानगरले बर्सेनि पोखरेली जेठोबूढो धानको बीउ अनुदानमा वितरण गर्दै आएको जानकारी दिँदै उहाँले यस वर्ष आठ हजार किलो बीउ वितरण गरिएको बताए।
कृषि विकास शाखा प्रमुख कडरियाका अनुसार पोखराका पामे, बिरौटा, कुडहर, अर्मला, आर्वाका साथै लेखनाथ क्षेत्रका पटनेरी, सिसुवा, सुरौदी, मालमुल, गगनगौँडालगायत स्थानका फाँटमा धान उत्पादन प्रशस्त हुने गरेको छ । “पोखरा क्षेत्रमा मनसुलीसहित अन्य नयाँ उन्नत जातका धान पाक्न थालेका छन् । कतिपय कृषकले काट्न थालिसकेका छन्”, उनले भने, “स्थानीय जातका जेठोबूढोलगायत धान पाक्न अलि ढिलो हुन्छ ।”
Next Post