सुचना, समाचार र मनोरन्जन

अक्षय कुमारले आफ्नो व्यक्तित्व अधिकार सुरक्षाका लागि अदालतको ढोका ढकढक्याए

मुम्बई :

बलिउड स्टार अक्षय कुमारले आफ्नो छवि, स्वर र अनुहारको अनधिकृत प्रयोग रोक्न माग गर्दै बम्बे हाई कोर्टमा मुद्दा दायर गरेका छन्। हाल एआई (Artificial Intelligence) र डिजिटल मिडियामा हुने छविको दुरुपयोग बढ्दै गएपछि उनले कानुनी पहल अघि बढाएका हुन्।

अक्षयले दाखिला गरेको मुद्दामा आफ्नो अनुमति बिना उनको नाम, स्वर, अनुहार वा डिजिटल प्रतिरूप (AI-generated likeness) प्रयोग गरिने सामग्री तत्काल रोक्न माग गरिएको छ। उनीका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल र विज्ञापनमा उनको नक्कली भिडियो र आवाज प्रयोग गरेर भ्रम सिर्जना गर्ने गतिविधि बढेका छन्, जसले कलाकारको छवि र व्यावसायिक इमानदारीमा प्रत्यक्ष असर पारिरहेको छ।

यसअघि पनि हृतिक रोशन, ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानु जस्ता कलाकारहरूले पनि यस्तै प्रकृतिका मुद्दा दायर गरिसकेका छन्। उनीहरू सबैले एआई प्रविधिमार्फत कलाकारहरूको पहिचान र अभिव्यक्तिको दुरुपयोग रोक्न “personality rights protection” सम्बन्धी कानुनी कदम चालेका हुन्।

अक्षयको नजिकको स्रोतका अनुसार, उनले यो कदम कलाकारको मात्र नभई सम्पूर्ण मनोरञ्जन उद्योगको सम्मान र विश्वसनीयता जोगाउनका लागि उठाएको बताए। अदालतले यस विषयमा चाँडै सुनुवाइ गर्ने तयारी गरेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.