
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने
- पोखरामा मौलिक देउसीभैलो उत्सव आयोजना हुँदै, उत्कृष्ट टोलीलाई २५ हजार
- लक्ष्मीपूजाको दिन बिजुलीको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान
- पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो: प्रधानमन्त्री शाह
- आज कार्तिक कृष्ण त्रयोदशी, आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती
- धार्मिक यात्राको पुण्य सामाजिक सेवामा जोड्दै योगेश गुरुङ्ग
- निरुता र उत्तमको अभिनय रहेको ‘सारथी’को गीत सार्वजनिक
- फ्राइडे रिलिजमा ‘पाँच पाण्डव’
- ‘सिन्दुरे जात्रा’को फर्स्ट लुकमा रोहिरहेका विजय र अञ्जना
- स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार
नेपाल संवतलाई नेपाली नोटमा समावेश गराइने
यस वर्षदेखि नेपाली नोटमा नेपाल संवत्को मिति उल्लेख गरिने भएको छ । शङ्खधर साख्वाः प्रतिष्ठान भक्तपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल c ११४६ नयाँ वर्षको दिन आगामी ५ गते बुधबार प्रधानमन्त्री सुशीला कार्कीद्वारा शङ्खधर साख्वाःको शालिकमा हुने माल्यार्पण कार्यक्रममा त्यसको औपचारिक घोषणा गर्ने गरी सहमति भएको जानकारी दिइयो ।
प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले प्रधानमन्त्रीसँगको छलफलमा त्यसबारे सहमति भएको र बुधबार औपचारिक घोषणा गरिने बताउनुभयो । उनले भने, “नेपाल संवत् नेवारहरूको मात्रै होइन, सिङ्गो नेपाल र सबै नेपालीको आफ्नै मौलिक संवत् हो । यसबारेमा प्रधानमन्त्रीसँग छलफल भयो र बुधबारको कार्यक्रममा घोषणा गर्ने तयारी छ ।”

अध्यक्ष श्रेष्ठले नेपाल संवत्को नयाँ वर्षको दिन बुधबार प्रधानमन्त्री कार्कीबाट कार्यक्रमको उद्घाटन भई शङ्खधर साख्वाको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको बताए ।
प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए । उनले देश तथा विदेशमा शङ्खधर साख्वाःको योगदान, नेपाल संवत्को महत्त्व तथा यसलाई कार्यान्वयनमा ल्याउन पहल गरिरहेको र यस देश तथा विदेशका विभिन्न ठाउँमा शङ्खधर साख्वाःको शालिक स्थापना गर्ने काम भइरहेको बताए ।