सुचना, समाचार र मनोरन्जन

फिल्म ‘मैझारो’ सेन्सर पास, सबै दर्शकका लागि प्रदर्शन योग्य

काठमाडौं :

कात्तिक ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ सेन्सर पास भएको छ। नेपाल सरकार अन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल सर्टिफिकेट (U) प्रदान गरेको छ। यससँगै यो फिल्म अब सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन्।

विल्सन बिक्रम राईको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’ ले पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई पर्दामा उतारेको छ। कथा, पटकथा र निर्देशन स्वयं राईले नै गरेका हुन्।

फिल्ममा धिरज मगर, मिरूना मगर, दिया पुन, सुनील थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीलगायत कलाकारको अभिनय रहेको छ।

संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले संयोजन गरेका छन् भने गीतमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू र अनमोल गुरुङको स्वर रहेको छ।

हालै सार्वजनिक ‘साकेला’ गीतपछि फिल्मप्रति दर्शकमाझ उत्साह थपिएको छ। ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता डी.बी. राई र सरिना लामा राई हुन्। सौरभ लामाले छायांकन गरेको यो फिल्मको प्रचार–प्रसार व्यापक रूपमा भइरहेको छ।

Leave A Reply

Your email address will not be published.