सुचना, समाचार र मनोरन्जन

फिल्म ‘कस्तुरी’मा निखिल उप्रेती र वर्षा शिवाकोटीको जोडी

काठमाडौँ :

नायक निखिल उप्रेती र नायिका वर्षा शिवाकोटी मुख्य भूमिकामा रहने नयाँ नेपाली फिल्म ‘कस्तुरी’ औपचारिक रूपमा निर्माण हुने भएको छ। आइतबार एक कार्यक्रमका बीच निर्माण टिमले फिल्म निर्माणको घोषणा गरेको हो।

कर्पोरेट क्षेत्रका उद्यमी धिरज अग्रवालले टेन इन्टरटेनमेन्ट प्रा.लि. ब्यानरमार्फत निर्माता रूपमा मनोरञ्जन क्षेत्रमा डेब्यू गर्न लागेका हुन्। उनले यसअघि टेन प्लास्ट इन्डस्ट्रीज प्रा.लि. मार्फत विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका थिए।

ऋत बोहोराको कथा र निर्देशन रहने ‘कस्तुरी’ सस्पेन्स थ्रिलर विधामा निर्माण हुन लागेको हो। निर्देशक बोहोराका अनुसार फिल्ममा रहस्य, डर, हत्या, अपहरण, षड्यन्त्र र मनोवैज्ञानिक तनावजस्ता विषय समेटिएका छन्।

फिल्ममा निखिल र वर्षा पहिलो पटक सँगै पर्दामा देखिनेछन्। उनीहरूसँगै निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्मा पनि अभिनय गर्नेछन्। अन्य कलाकार र प्राविधिक टोलीको छनोट जारी छ।

ब्रजेश खनालले लेखेको यो फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् भने सह–निर्मातामा अञ्जली चौधरी रहेकी छन्। फिल्मको छायांकन आलोक शुक्लाले गर्नेछन् र प्रमुख सह–निर्देशन ललित बिष्टले सम्हाल्नेछन्।

संगीत प्रशान्त शिवाकोटीले गर्नेछन् भने गीत लेखन युवराज काफ्लेको हुनेछ। प्रचार–प्रसारको जिम्मा ट्राइडेन्टले लिएको छ भने निर्माण व्यवस्थापक दिलीप पन्त रहेका छन्।

निर्माण पक्षका अनुसार ‘कस्तुरी’को छायांकन आगामी मंसिरदेखि काठमाडौं र आसपासका क्षेत्रमा सुरु हुनेछ। डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय बजार व्यवस्थापनसम्बन्धी तयारी पनि छिट्टै टुंगो लगाइने बताइएको छ।

अभिनेता निखिल उप्रेती आफ्नै कथा तथा निर्देशनमा ‘आचार्य’गरेका छन्। यता वर्षाले भने मरिचमान श्रेष्ठ (बल्छी धुर्बे’को ‘गोबर गणेशको छायांकन सकाएकी छन्।

Leave A Reply

Your email address will not be published.