सुचना, समाचार र मनोरन्जन

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुदैँछ कारोबार?

काठमाडौँ,

नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ७०० रुपैयाँ घट्दै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको हो ।

तिहारपछि बजार खुलेसँगै सुनको मूल्य घट्दै आएको छ । यसैबिच बुधबार चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने बढेर तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको हो ।

Leave A Reply

Your email address will not be published.