सुचना, समाचार र मनोरन्जन

गागलफेदीपछि याङ्जाकोट मा ‘डल्लेले इन्ट्री मार्याे’

काठमाडौं :

हास्य प्रधान समाजीक कथानक चलचित्र ‘डल्लेले इन्ट्री मार्याे’ को सुटिङ मंगलबारबाट कास्कीको याङ्जाकोटमा सुचारु भएको छ । तिहारअघि केही दिन काठमाडौंको गागलफेदी आसपासमा खिचिएको चलचित्रको बाँकी झण्डै नब्बे प्रतिशत दृश्य याङ्जाकोटमा खिचीने जानकारी निर्देशक राजु गिरीले दिए।

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा चर्चित हाँस्य कलाकार तथा मोडल सागर लम्साल (बले) डल्लेको शीर्ष भूमिकामा छन् । सागरसँगै चलचित्रमा रमेश बुढाथोकी,रोशनी खड्का,हेमन्त बुढाथोकी,रबिन्द्र झा,बिनोद न्यौपाने,बिशाल पहाडी,ध्रुव कोइराला,साबित्रा चिलुवाल,ओसिन भट्टराई,लक्ष्मीनाथ तिमिल्सिना,मोहन कृष्ण श्रेष्ठ,रामहरि खड्का,सुचेन्द्र परियार तथा निर्देशक गिरी स्वयम्ले अभिनय गर्दैछन्।

श्याम लामाको छायांकन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा बिनयराज पौडेल छन् । सुमन काफ्लेले निर्माण ब्यबस्थापन सम्हालेको चलचित्रमा अशोक रोक्काको श्रृंगार,देव महर्जनको द्धन्द्ध निर्देशन तथा अर्जुन पोखरेलेको गीत छ । उषा फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रको छायांकन करिब एक महिनामा समापन गर्ने लक्ष्य निर्माण टिमको छ। निर्देशक गिरीले ‘डल्लेले इन्ट्री मार्याे’ ०८२ को अन्त्यमा दर्शकमाझ ल्याइने योजना रहेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.