सुचना, समाचार र मनोरन्जन

पहिरोका कारण मुस्ताङको नरसिंह खोला थुनियो

मुस्ताङ,

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को नुन खानी खोंचमा पहिरो जाँदा नरसिंह खोला थुनिएको स्थानीय प्रशासनले जनाएको छ । अस्ति शनिवार रातिदेखि खोला थुनिएको ठाउँ भन्दा मुनि पानी सुकेको स्थानीयले जानकारी गराएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताए। नुन खानी नजिक दुईतर्फी पहिरो गएर खोलाको पानी ताल बनेको भेटिएको उनको भनाइ छ ।

खोलाको पानी सुकेसँगै खोलातर्फको सडकबाट आउजाउ गर्ने गाडी नचलाउन र मानिसलाई ओहोरदोहोर नगर्न जिल्ला प्रशासनले अनुरोध गरेको छ । आज बिहान नुन खानीमा पुगेर थुनिएको ठाउँलाई निकास दिनेबारे पहल गरिने प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

सेनाले खोला थुनिएर ताल बनेको ठाउँकोे तत्काल विश्लेषण गर्दा तत्काल ताल नभरिने र नफुट्ने जानकारी प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

Leave A Reply

Your email address will not be published.