सुचना, समाचार र मनोरन्जन

अलैँचीको भाउ बढ्यो

ताप्लेजुङ,

पूर्वी पहाडी भेगको मुख्य नगदेबाली अलैँचीको भाउ बढेको छ । ताप्लेजुङमा अलैँचीको मूल्य हिजो प्रतिमन अर्थात ४० किलोको एक लाख रुपैयाँ नाघेको छ । गुणस्तरीय अलैँची प्रतिमन एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए।

Pach Pandav

अस्ति शनिबार प्रतिमन ९६ हजार रुपैयाँ रहेको अलैँचीको मूल्य शनिबार दिउँसोपछि प्रतिमन दुई हजार रुपैयाँले बढेर ९८ हजार रुपैयाँ पुगेको थियो । हिजो फेरि प्रतिमन चार हजारका दरले बढेर एक लाख दुई हजार रुपैयाँ पुगेको होे । असोज दोस्रो हप्तासम्म प्रतिमन ८५ हजार रुपैयाँमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनाको अवधिमा १५ देखि १७ हजार रुपैयाँले बढेको छ ।

नयाँ उत्पादन शुरू भएपछि ८० हजार प्रतिमनबाट कारोबार शुरू भएको अलैँचीको मूल्य यसवर्ष अपेक्षाकृत रुपमा बढेको व्यवसायीहरूले बताएका छन् । नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै तेस्रो देश निर्यात हुने गर्छ ।

Leave A Reply

Your email address will not be published.