काठमाडौँ,
जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेस प्रदेशलाई पूर्ण स्वायत्तता घोषणा गर्नुपर्ने माग राखेका छन्। उनले मधेस प्रदेश सभाको बैठकबाट स्वायत्तता घोषणा गरेर आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गर्नुपर्ने बताएका हुन्।
फेसबुक पोस्टमार्फत राउतले ुसंविधानलाई धज्जी उडाउँदैु नेपाली औपनिवेशिक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्ने अवस्था आएको आरोप लगाएका छन्। उनले मधेसका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर शपथग्रहण गराउने र मधेस पक्षधर नेता, कार्यकर्ता तथा समर्थकमाथि प्रतिशोध साध्दै दमन गर्ने काम भएको उल्लेख गरेका छन्।