सुचना, समाचार र मनोरन्जन

कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने, चुनाव चिह्न चिम

काठमाडौँ,

कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ । नेपाल जनसेवा पार्टी राख्ने विषयमा आइतबार रातिसम्म छलफल भए पनि सहमति नभएपछि ‘उज्यालो नेपाल’ नै राख्ने गरी आज बिहान सहमति भएको कुलमान निकट पार्टीका नेता जितराम लामाले जानकारी दिए ।

‘पार्टीको नाम उज्यालो नेपाल राख्ने लगभग सहमति भयो, चुनाव चिह्न बिजुलीको चिम प्रस्ताव गर्छौं,’ उनले भने । उनका अनुसार तत्कालका लागि पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्व पार्टी दर्ता गर्ने तयारी भइरहेको बताए । उनले अहिले पनि पार्टीको भावी कार्ययोजना लगायतका विषयमा छलफल भइरहेको बताए ।

उनले उपाध्यायको संयोजकत्वमा अन्य सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने जानकारी दिए । उनले पार्टीको चुनाव चिह्न बिजुलीको चिम राख्ने विषयमा सहमति भएको उल्लेख गरे । उनका अनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी बन्नेछ ।

कुलमान घिसिङ अहिले पार्टीको नेतृत्वमा नबस्ने योजना बनाएका छन् । घिसिङ सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री छन् । कुलमान भने तत्काल उज्यालो नेपाल पार्टीमा सक्रिय हुने छैनन् । उक्त पार्टीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० को पनि समर्थन रहने दाबी गरिएको छ।

Leave A Reply

Your email address will not be published.