काठमाडौं :
एक वर्षअघि काठमाडौंको मण्डलामा मञ्चन भएको नाटक ‘हरि हजुरबा’ अब विभिन्न जिल्लामा मञ्चन हुने भएको छ। नाटकका मुख्य कलाकार विजय बराल र नाजिर हुसेन मोफसल टूरमा निस्किएका हुन्।
उनीहरुले बिहिबार यो नाटकलाई बर्दियाको गुलरियास्थित राधाकृष्ण चोकमा नाटक मञ्चन गर्नेछन्। शुक्रबार बर्दियाको राजापुरस्थित मानपुरको टपरा स्कुलमा, शनिबार नेपालगञ्जको बीपी चोकमा नाटक मञ्चन गर्ने उनीहरुको तयारीमा छ।
कलाकार नाजिरले नै निर्देशन गरेको यो यो नाटकमा सविना थापा, रोहित शाह, सुजना पाण्डे, मनिषराज पाण्डे, रिसु राउतको पनि अभिनय छ। हजुरबुबा कुरेर बसेकी छोरीको कथामा नाटक बनेको हो। ‘हरि हजुरबा’ मण्डला थिएटरका नाटकमध्ये सर्वाधिक कमाउनेमध्येको पाँचौ नाटक हो। यसले २२ लाख रुपैयाँ ग्रसमात्र मण्डला नाटकघरबाट कमाएको थियो।