राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आधिकारिक वेबसाइटमा समस्या देखिएको छ । वेबसाइटमा आज बिहानदेखि समस्या देखिएको विभागले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र र घटना दर्तासम्बन्धी काम हुन्छ । अहिले वेबसाइट खुल्दैन । यसमा रिकभरको काम भइरहेको उल्लेख छ ।
भर्खरै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनका क्रममा राष्ट्रिय परिचयपत्रको विवरणसँग जोडेको थियो ।