
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु
- विरामी हुँदा पनि निरुता र उत्तम‘सारथी’को प्रचारप्रसारमा व्यस्त,हल भिजिटमा निस्कने तयारी
- पोखरामा मंसिर १२ गते वृहत् सरसफाइ अभियान, नागरिक सहभागिताका लागि जागरण कार्यक्रम
- ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, विजय र अञ्जनाको प्रेममा को हो तगारो?
- ‘ककाकिकी’को एडभान्स बुकिङ खुल्यो, भोली शुक्रबारबाट फिल्म रिलिज
- ‘एक्का–३’ काे कार्यविनायक मन्दिरमा बिहीबार शुभमुहूर्त
- पूजा शर्मा र अशोक दर्जीको ‘सेतो कोट’ को एक्सन कट
- लेखनाथको नौविसे फाँटमा शनिबार परम्परागत दाइँ महोत्सव हुँदै
- वैवाहिक बन्धनमा बाँधिए रोहित र सिम्रन
- जनकपुर–अयोध्या रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउँदै
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँ,
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ७० अङ्कले बढेर दुई हजार ५६६ दशमलव ०७ बिन्दुमा कायम भएको हो ।
आज ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ५५ हजार २७७ पटक खरिदबिक्री हुँदा रू ४ अर्ब १० करोड ५४ लाख छ हजार १३४ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।
सागर डिस्टिलरी लिमिटेड, मबिलिङ इनर्जी लिमिटेड, बुँगल हाईड्रो लिमिटेड र झापा ईनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एभरेस्ट बैंक लिमिटेड डिबेन्चरको शेयर मूल्य तीन दशमलव ५४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सहास ऊर्जा लिमिटेडको सबैभन्दा धेरै रू २२ करोड ९१ लाख ६६ हजार ९१६ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको चार लाख ५० हजार ५९५ कित्ता शेयर किनबेच भएको छ ।