काठमाडौं :
मोडेल तथा नृत्य कलाकार आस्मा विश्वकर्मा नयाँ भिडियोमार्फत पुनः चर्चामा आएकी छन्। केही समयदेखि लगातार हिट भिडियो दिन नसकेका बेला दक्षिण भारतीय अभिनेता रामचरणले फिल्म पेड्डी को ‘चिकिरी चिकिरी’ मा गरेको नृत्यमा आस्माको उपस्थितिले उनलाई पुनः ट्रेन्डमा ल्याएको थियो। सो चर्चाको बीचमा आस्माले अभिनेता पुष्प खड्कासँग नाचेको नयाँ गीत ‘मेरो ठुम्का देखेर’ सार्वजनिक भएको छ।
गीतमा माया मोक्तान र कृष्ण श्रेष्ठको शब्द, आशिक राई र समीक्षा अधिकारीको स्वर तथा आशिक राईको संगीत रहेको छ। क्यु थ्री इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको गीतमा नरेन्द्र वियोगीले एरेञ्जमेन्ट गरेका छन्।
भिडियो पक्षमा रोशन विश्वकर्माले कोरियोग्राफी, नरेश ऐरले छायांकन, कल्पेश विश्वकर्माले सम्पादन र आशिक राईले निर्देशन सम्हालेका छन्। भिडियोमा आस्मा र पुष्पसँगै सहयोगी कलाकार कृष्ण श्रेष्ठ, माया मोक्तान र पूर्ण तामाङ पनि देखिन्छन्। डान्सिङ बीटमा बनेको भिडियो दर्शकलाई लक्षित मनोरञ्जक प्रस्तुति भएकाले सार्वजनिक भएसँगै चर्चा बटुलिरहेको छ।