निर्वाचन आयोगले चुनावमा भाग लिन दल दर्ताका लागि आह्वान गरेअनुसार आज अन्तिम दिन रहेको छ । आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने समय गएको मंसिर १ देखि १० गतेसम्म तोकेकोमा थप चार दिन थप गरेको थियो ।
थपिएको अवधि आज अन्तिम हो । त्यसअनुसार अस्ति शुक्रवारसम्म चुनावमा भाग लिन आयोगमा दर्ता भएका दलहरुको सङ्ख्या एक सय आठ वटा पुगेको छ ।