सुचना, समाचार र मनोरन्जन

घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता सुम्पिन तयार छौँः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव सम्पन्न गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर देशलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सरकारको प्रमुख दायित्व भएको बताएकी छिन ।

ज्यापु संस्कृति विकास कोषको आयोजनामा आज काठमाण्डौमा सम्पन्न २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । उनले घोषित मितिमा चुनाव सम्पन्न गर्न सरकार पूर्णरुपमा तयारीमा जुटेको पनि बताइन । उनले नवयुवा आन्दोलनले उठाएका मागहरु सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि बताईन्।

नवयुवा आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको ग्यारेन्टी माग गरेको उल्लेख गर्दै उनले ती मागहरु पूरा सबै कटिवद्ध हुनुपर्नेमा जोड दिईन् । प्रधानमन्त्री कार्कीले संस्कृतिको संरक्षणसँगै पर्यटनसँग जोड्नुपर्ने पनि बताएकी छिन

Leave A Reply

Your email address will not be published.