सुचना, समाचार र मनोरन्जन

‘मुगलान’ ट्रेलर सार्वजनिक, राजनीतिक चपेटामा परेका युवाको पीडा कथा

काठमाडौं :

आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को ट्रेलर रिलिज भएको छ। बिहिबार निर्माण टिमले युना डिजिटल युटुब च्यानलमार्फत रिलिज गरेको हो।

२ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ। कथाले विस.२०५२ सालपछिको सरकार र तत्कालिन बिद्रोही पक्षको चपेटामा परेका युवालाई मुगलान लखेटेको ट्रेलरमा देख्न सकिन्छ।मुखियाको रिण तिर्नका लागि मुगलान भाँसिएका प्रभात पाल फर्किएर आउँदा घर रिक्तो देख्छ। ताकी उसका बुबा आमा छैनन्। के भएर उनीहरु छैनन्,कसैले मारेकी कि या अपहरणमा पारियो भन्ने कुरा भने फिल्म हलमा चलेपछि नै थाहा होला।

ट्रेलरमा फिल्मका मुख्य अभिनेता प्रभात पाल,अभिनेत्री स्मारिका ढकाल प्रेमी प्रेमिका रहेको र बिछोडको कथा पनि ट्रेलरमा देख्न सकिन्छ। प्रभात पाल,स्मारिका ढकालका अलवा ट्रेलरमा रामचन्द्र अधिकारी,दिनेश डिसी,सविन बास्तोला,खबपु लगायतलाई देख्न सकिन्छ।रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा अन्य कलाकार श्री शिवांशु, मोती सुबेदी,राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतमलाई पनि देख्न सकिन्छ।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता  गोमन सिंह हुन्। फिल्मको को–प्रोड्युसर रिता चौधरी हुन्।फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी (विमर्शी)को छ। गीत रचनामा आशिष ढकाल,सिर्जना लम्साल,हरि गिरी (विमर्शी) रहेका छन्। फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ। यस फिल्मका ट्रेलर,टिजर तथा गीतलाई युना इन्टरटेन्टमेन्ट युटुब च्यानलमार्फत हेर्न सकिने निर्माण पक्षले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.