अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनस्निर्माणको बाटोमा आशा जगाउन सफल भएको बताएका छन् ।
बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भदौ २३ र २४ को घटनापछि नेपाल एउटा अनिश्चयको भुमरिमा फस्यो, अर्थतन्त्र ध्वस्त भयो, नागरिकहरु विचल्लीमा परे भन्ने परिदृश्य भन्दा फरक सरकारले ९० दिनमै तिब्रगतिमा पुनस्निर्माण गरेको पनि बताए ।