पोखरा,
पोखरा ५ मा रहेको एकता आवासीय माद्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासमा व्यवहारिक तथा प्रयोगात्मक ज्ञान बढाउने उद्देश्यसहित १ दिने आन्तरिक वृहत शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले तयार गरेका भाषा विषयहरू, सामाजिक शिक्षा, गणित, विज्ञान, स्वास्थ्य, कम्प्युटर र समसामयिक ज्ञानका पाठ्यक्रम तथा व्यवहारिक ज्ञानका भौतिक प्राविधिक तथा चित्र दृष्य सामाग्री तयार गरि कक्षागत र सामूहिक प्रदर्शन गरेका थिए ।
कक्षा तथा विषयगत शिक्षक र कर्मचारीबाट व्यवस्थापकीय सहयोग गरिएको थियो । प्रदर्शनीमा विभिन्न १४ वटा स्टलहरूमार्फत आमन्त्रित शिक्षाविद् , विशिष्ट महानुभाव र अभिभावकज्यू तथा विद्यार्थीहरूलाई देखाउने, व्याख्या गर्ने, सिकाउने र जिज्ञासा अनुसार जवाफ दिने काम गरेका थिए ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका पूर्व डिन प्रा.डा कपिल अधिकारी सञ्चालक अध्यक्ष इन्द्रमान खत्री,एनप्याब्सन कास्की अध्यक्ष रोशन कोइराला, सैनिक आवासीय माध्यमिक विद्यालय पोखराका उपेन्द्र प्रसाद पौडेल, नेपाल स्काउटका राष्ट्रिय परिषद सदश्य जलन खत्री, समाज सेवी गिरा कोइराला, गजेन्द्र बहादुर खत्री, पुरुषोत्तम कोइराला, प्रेम शर्मा, स्थानिय टोल विकास संस्था, आमा समुह प्रतिनिधि,नमुना आवासीय माध्यमिक विद्यालय कुश्मा पर्वतका सह प्राचार्य खेमराज शर्मा , विज्ञान शिक्षक चिन्तामणि पौडेल, सबै अभिभावक, विद्यालय निर्देशक तथा एनप्याब्सन कास्की जिल्ला सचिव इजिना के सी , भाइस प्रिन्सिपल प्रशन्न के सी, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा शिक्षाविद् तथा गण्डकी वि विका पूर्व डिन कपिल अधिकारीले हरेक स्टलका प्रस्तोता विद्यार्थी सँग संवाद, प्रश्नोत्तर तथा जिज्ञासासाथ अवलोकन पछि विद्यालयको यस कार्यको प्रशंसा गर्दै यस्ता प्रयोगात्मक र अभ्यासात्मक कार्य निरन्तर गरिरहन सुझाव दिएका छन भने आगन्तुक सबैबाट यसै प्रकारका सुझाव र प्रशंसा प्राप्त भएका थिए र अभिभावकहरूले आफ्ना छोरा छोरीका प्रयास मेहनत तथा ज्ञान र सिपका प्रयोगात्मक सामानको प्रदर्शनी हेर्न पाउँदा खुशी प्रकट गरेका छन । यस्ता कार्य थप निरन्तर गरिरहन र कक्षामा लागू गर्न सुझाव दिँदै विद्यालय परिवार र शिक्षकहरूलाई धन्यवाद व्यक्त गरेका छन । शनिबारको विदालाई रचनात्मक सिर्जनात्मक बनाउन सहयोग पुग्ने धेरैको बुझाइ छ ।
यस अवसरमा उपस्थित विशिष्ट पाहुनाहरु, अभिभावक, शिक्षक कर्मचारी विद्यार्थीहरूसमेत सबैमा धन्यवाद व्यक्त गर्दै निर्देशक इजिना के सी ले विदाको दिनमा पनि सबै विद्यार्थी शिक्षक अभिभावक पत्रकार तथा आमन्त्रित महानुभावहरू समुपस्थित भइ प्रदर्शनी अवलोकन गरेकोमा सबैमा धन्यवाद व्यक्त गरिन । साथै विद्यार्थीहरूलाई थप अध्ययनको उत्साह र विद्यालयका लागि थप हौसला मिलेको भन्दै विद्याथीहरुले पनि खुसी व्यक्त गरेका थिए ।