सुचना, समाचार र मनोरन्जन

एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने जनाएको छ ।

Pach Pandav

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कसैले एम्बुलेन्स सेवा निर्देशिका पालना नगरे कानुनबमोजिम कारबाही गर्ने बताए । मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन निर्देशिका जारी गरेको छ ।

प्रवक्ता डा बूढाथोकीले निर्देशिका विपरीत बिरामी वा घाइतेलाई एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा प्रेषण गर्दा केही एम्बुलेन्सले आर्थिक प्रलोभनमा पारी बिरामीको इच्छा वा अस्पतालको प्रेषण वा प्रेषण केन्द्रको निर्देशनविना निजी तथा महँगो अस्पतालमा लैजाने गरेको गुनासो आएको बताए । उनले मन्त्रालयमा प्राप्त उजुरीमाथि छानबिन गरी कारबाही गरिने जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.