Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- तारानाथ ढुंगानाद्वारा पोउवा संघको महासचिव पदका लागि उम्मेदवारी
- कास्की प्रहरी प्रमुख नवीन कार्कीद्वारा बेपत्ता आफन्तको खोजीमा सहजीकरण
- अनुभव, इमानदारिता र व्यवसायीको आवाज बोकेर चुनावी मैदानमा सूर्यराज घिमिरे ‘सुरेश’
- संकटमा सिङ्गो देश: मानवता र सुशासनको कसी
- सरकारले विभिन्न स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने
- पोखरामा भेलले बगाउँदा आमा-छोरीको मृत्यु
- भोटेकोसी बाढी प्रभावितका लागि बीएण्डबी ग्रुपले ५० लाख सहयोग गर्ने
- भारतीय बजारमा ‘टक्सिक’को व्यापार कमजोर हुँदा नेपालमा ‘पार्वती’लाई फाइदा
- विषम परिस्थितिका बीच प्रदर्शनमा आयो ‘पार्वती’, पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिने घोषणा
- नेपालमा बाढीको कहर : १७ हजार बालबालिकालाई जोगाउन प्रियंका चोपडा र जेन मलिकको अन्तर्राष्ट्रिय गुहार
पोखरा आएर संचामन्त्री खरेलले भने- मुलुकमा निर्वाचनको वातावरण बनेको छ
पोखरा,
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समय सबै राजनीतिक दल निर्वाचनमा होमिएकाले मुलुकमा निर्वाचनको वातावरण बनेको बताएका छन । नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयले आज यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री खरेलले राजनीतिक दल निर्वाचनका लागि तयार रहेको उल्लेख गर्दै देशलाई स्थायित्व दिन समयमै निर्वाचन हुनु अपरिहार्य भएको बताए ।
“यतिबेला मुलुक परिवर्तनको मोडमा छ, मुलुकलाई नयाँ ऊर्जाका साथ समुन्नतिको दिशामा अगाडि बढाउनुपर्छ, जेनजीको भावनाअनुरुप मुलुक र समाज परिवर्तन गर्नु अहिलेको आवश्यकता हो”, उनले भने । उनले दलका नेताको दासका रुपमा नभइ विचारका आधारमा नेतृत्व छान्न पनि आग्रह गरे ।
“नयाँ राजनीतिक दलहरु मिल्दै छन्, पुराना दलहरु पनि अब गठबन्धन गर्न सक्छन्, यसले मुलुकमा निर्वाचनको वातावरण बनेको छ, म यहाँबाट चुनावका सन्दर्भमा द्विविधा नराख्न आग्रह गर्दछु, मुलुक चुनावका लागि अगाडि बढिसकेको छ”, उनले भने ।
त्यस अवसरमा मन्त्री खरेलले टेलिकम क्षेत्रमा नीतिगत सुधार जरुरी रहेको बताए । संस्थाको सर्वोपरी हितलाई ध्यानमा राख्दै टेलिकमलाई अझ व्यावसायिक, प्रतिष्पर्धी र युग सुहाउँदो बनाउनुपर्नेमा उनले जोड दिए ।
कर्मचारीको वृत्तिविकास र सेवाप्रवाहलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उनले टेलिकमको गरिमा उँचो बनाउने गरी काम गर्न निर्देशन दिए।